आज बेङ्ग्लोर र हैदरावाद भिड्’दैः कोहली भर्से’स वार्नर, यस्तो छ हे’ड टु हे’ड

  • प्रकाशित मिति: सोमबार, असोज ५ २०७७
  • तामाकोशी

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीए) अन्तर्गत तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद भिड्’दै छन्। आज साँझ पौने ८ मा सुरु हुने खेलमा बिराट कोहलीको कप्तानीमा रहेको बेङ्ग्लोर र डेबिट वार्नरको कप्तानीमा रहेको हैदराबाद आमनेसामने हुनेछन्।
सन् २०१६ मा हैदरबादमा बेङ्ग्लोरलाई हराउँदै आईपीएलको उपाधि जितेको थियो। त्यसअघि सन् २००९ मा पनि हैदराबादले आईपीएलको उपाधि जितेको थियो। यद्यपि त्यतिबेला टिमको नाम डेक्कन चार्जर्स थियो। सन् २०१३ मा सन टीभी नेटवर्कले टिम किनेर नाम परिवर्तन गर्दै सनराइजर्स हैदराबाद राखेको थियो। सन् २०१६ बाहेक सन् २०११ र २००९ मा बेङ्ग्लोरले आईपीएलको फाइनल खेलेको थियो। यद्यपि सबै फाइनलमा परा’जय भोगेको थियो। यदि आजको खेलमा बेङ्ग्लोरले जिते बिराट कोहली एउटै टिमका लागि ५० वटा खेल जित्ने चौथो कप्तान बन्ने छन्। यसअघि चेन्नइ सुपरकिंग्सका महेन्द्रसिंह धोनी, कोलकता नाइट राइडर्सका गौतम गम्भीर र मुम्बइ इण्डियन्सका रोहित शर्माले एउटै टीमबाट ५० बढी खेलहरु जितेका छ्न्।
हैदराबदको बलियो पक्ष भनेको ब्याटिङमा डेबिड वार्नर, जोनी बेयर्स्ट्रो, केन विलियम्स, प्रियम गर्ग, मनिष पाण्डेलगायतका धुरन्धर ब्याट्समेनहरु रहनेछन्। यद्यपि वार्नर यसअघि अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीचको सिरिजमा खास जम्न सकेका थिएनन्। यद्यपि पछिल्लो खेलका कुरा गर्नेहो भने बेयस्ट्रो फर्ममा देखिन्छन्। त्यस्तै बलिङमा भुवनेश्वर कुमार लगायत राशिद खान, खलिल अहमद र युवा ब्याट्सम्यान बिराट सिंह पनि रहेका छन्। अर्कोतर्फ बेङ्ग्लोरको ब्याटिङ लाइन पनि त्यतिकै बलियो छ। जहाँ बिराट कोहली लगायत एबिडिभिलर्स, एरोन फिन्चलगायतका ब्याट्सम्यानसँगै मोइन अली, क्रि’स मोरिस, वासिङ्टन सुन्दरलगायतका अलराउण्डर पनि छन्। त्यस्तै बलिङ युजबेन्द्र चहल, उमेश यादव, नवदीप शैनी लगायतका बलरले सम्हाल्ने छन्।
यी दुई टिमबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा हैदराबादले ८ र बेङ्ग्लोरले ६ खेल जितेका छन्। पछिल्ला दुई सिजनका ४ खेलको कुरा गर्ने हो भने दुबै टिमले २/२ जित निकालेका छन्।