आइपिएल आजदेखिः उद्ध’घाटन खेल मुम्ब’ई र चेन्न’ईबीच

  • प्रकाशित मिति: शनिबार, असोज ३ २०७७
  • तामाकोशी

एजेन्सी । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आजदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । आज उद्धघाटन खेलमा आइपिएलमा दुई सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्ब’ई इन्डियन्स र चेन्न’ई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । कोरोना महामारीको कारण आइपिएल भारत बाहिर यूएईमा हुन लागेको हो । यस अघि सन् २००९ मा दक्षिण अफ्रिकामा पूरै संस्करण र २०१४ मा यूएईमा आइपिएलका सुरुवाती २० खेल भएका थिए ।
आइपिएलका खेल शारजाह, आबूधाबी र दुबई गरि तीन स्थानमा हुने छन् । तीन स्टेडियममा लिग चरणका ५६ र प्ले अफ र फाइनल गरि चार गरि कुल ६० खेल हुने छन् । आइपिएलमा खेलको क्रममा कुनैपनि खेलाडीमा कोरोना संक्रमण देखिएमा टोलीमा रहेका जुनसुकै खेलाडी परिवर्तन गर्न पाइने छ । आइपिएल पहिलो पटक दर्शक विनाको रंगशालामा हुँदैछ । जसले गर्दा मैदानमा समर्थकको साथ र समर्थन नरहने हुँदा खेलाडीको प्रर्दशनमा केहि असर पर्न सक्छ । किंग्स इलेभेन पञ्जाब, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर पहिलो उपाधि जित्न चाहान्छन् । चेन्नई सुपर किंग्स चौथो, मुम्बई इन्डियन्स पाँचौ, कोलकाता नाइट राइडर्स तेस्रो, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद समान दोस्रो उपाधि जित्न चाहान्छ । यस पटक होम र अवे मैदानको फाइदा टोलीले उठाउने छैनन् । तीन स्टेडियममा हरेक टोलीले एक अर्कासँग दुई दुई खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले अफमा पुग्ने छन् । पुछारका चार टोली लिग चरणबाटैं बाहिरिने छन् ।
आइपिएलको लिग चरणको खेल नोभेम्बर ३ सम्म चल्ने छन् । प्ले अ’फ र फाइनलको स्थान भने केहि समयपछि निर्धारण हुने छ । सम्पूर्ण आइपिएल खेलहरु नेपाली समय अनुसार बेलुका ७ः ४५ र दिउँसो ३ः४५ देखि सुरु हुने छ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यालनले गर्ने छ ।