एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे।
घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा मैदानमा त्यो दृश्य देखियो जुन फुटबलमा बिरलै देखिन्छ। खेल सकिँदै गर्दै मैदानमा झग’डा गरेपछि नेइमारसहित पीएसजीका तीन खेलाडी र मार्सेलीका दुई खेलाडी रातो का’र्ड खाँदै बाहिरिन पर्यो। जसमा पीएसजीका नेइमार, लेभिन कुरजावा र लियोनार्दो परेडेस रहेका छन्। र, मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेट्टो रहेका छन्। सुरुमा चार खेलाडीलाई रे’ड का’र्ड दिएका रेफ्रीले नेइमारले पछाडिबाट पञ्च हा’नेको भीएआरबाट देखेपछि उनलाई पनि रे’ड का’र्ड दिएका थिए।
५ हजार दर्शकका बीच भएको खेलमा कुल १७ वटा कार्ड प्रयोग भयो जुन यो लिग वानको एउटा खेलमा प्रयोग भएको शताब्दीकै बढी का’र्ड हो। उक्त झग’डामा कुरजावा र अमाभीले त मैदानको ‘कि’क बक्सिङ’ नै देखाएका थिए। पीएसजी र मार्सेली परम्परागत राइभलहरु हुन्। पीएसजीले च्याम्पियन्स लिगमा पराजय भोग्दा मार्सेलीका समर्थकहरु सडकमै उत्रिएर खुशी मनाएका थिए।