एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । लिग चरणको अप’राजित ट्रीनबेगो जमैका माथि सहज जित निकाल्दै फाइ’नल प्रवेश गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चौथो स्थानमा रहेर सेमिफा’इनल खेलेको जमैकाले ट्रीनबेगोलाई अप्रत्या’शित पहिलो हार दिलाउँदै फाइनलमा पुग्न चाहन्छ ।
अपराजित ट्रीनबेगो १० खेलमा २० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफा’इनलमा पुगेको हो । जमैका १० खेलमा ३ मा जित र ६ मा हार सहित ७ अंकका साथ चौथो स्थानमा रहेर सेमिफा’इनल खेलेको हो । प्रतियोगिताकै सर्वाधिक बलियो टोली राइडर्सविरुद्ध जमैकालाई जित निकाल्न सहज हुने छैन । राइडर्सको ब्याटिङ प्रतियोगिताकै सर्वाधिक बलियो रहँदा जमैका कम्जोर देखिन्छ । राइडर्सका कप्तान काइरन पोलार्ड, ड्यारेन ब्राभो, ड्वेन ब्राभो, कोलिन मुनरो, सुनिल नारायण, लेन्डल सिमन्स लगायतका ब्याट्सम्यानले निरन्तर उत्कृष्ट रुपमा रन जोड्दै आएका छन् । फवाद अमद, सुनिल नारायण, ड्वेन ब्राभो, सिकन्दर राजा राइडर्सका बलिङ हतियार हुन् । राइडर्सका पोलार्ड प्रमुख हतियार हुन् । यता जमैका स्पिनर बाहेक अन्यको प्रर्द’शन राम्रो छैन । ओपनर जर्मेन ब्ल्याकवुड, ग्लेन फिलिप्स र आन्द्रे रसेल बाहेक अन्यको ब्याटबाट रन निस्कन सकेको छैन । चाडविक वाल्टन, कप्तान रोभमान पवेल, आसिफ अली, क्रुमा बोनर लगायतका ब्याट्सम्यानको खराब लय जमैका प्रमुख चिन्ताको विषय हो । जमैकाले हारेका ६ खेलको प्रमुख कारण कम्जोर ब्याटिङनै थियो ।
यता स्पिनर सन्दीप लामिछाने र मुजिब उर रहमानको जोडीले भने राम्रो प्रर्दशन गरेका छन् । मुजिब १० खेलमा १५ विकेटका साथ शीर्ष स्थानमा छन् । सन्दीपले १२ विकेट लिएका छन् । अर्का स्पिनर विरसामी पेरुमलले पनि राम्रो प्रर्दश’न गरेका छन् । तीव्र गतिका बलर कार्लोस ब्रेथवेटले १० विकेट लिदै मध्यम प्रर्दशन गरेका छन् । तीव्र गतिका बलर ओशान थोमस र फिडेल एडवार्डसलाई राम्रो गर्न आवश्यक छ । जमैका आन्द्रे रसेल प्रमुख हति’यार हुन् ।