काठमाण्डौ । भदौ ७ गते,
क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो । सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् । गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।
सीपीएल क्रिकेटमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन
- प्रकाशित मिति: आइतबार, भाद्र ७ २०७७
- तामाकोशी