विश्व फुटबलमा तरंग: फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी अभियोगमा मुद्दा दायर

  • प्रकाशित मिति: शनिबार, साउन १७ २०७७
  • तामाकोशी

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ। स्विट्जरल्यान्डमा इन्फान्टिनोविरूद्ध मुद्दा दायर भएको हो।
इन्फान्टिनोले स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ। लौबरले गत साता पदबाट राजीनामा दिएका थिए। अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेर पनि लुकाएको बताएको थियो।
दुवैले गल्ती नगरेको दाबी गर्दै आएका छन्। फिफाले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग गर्ने जनाएको छ। यसअघि इन्फान्टिनोले महान्यायाधिवक्तालाई भेट्नु गैरकानुनी नभएको दाबी गरेका थिए।