रियल उपाधिको धेरै नजिकः ग्रानाडालाई उसैको मैदानमा हरायो (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, असार ३० २०७७
  • तामाकोशी

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको धेरै नजिक पुगेको छ ।
सोमबार राति ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो । रियललाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ । लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छ । फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए । दोस्रो हाफको सुरुवातमा पाहुना टोलीका डर्विन माचिसले एक गोल फर्काएका थिए । जिनेदिन जिदान नेतृत्वको रियलले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । दुई खेल मात्र बाँकी रहेको अवस्थामा रियलले बार्सिलोनासंग ४ अंकको अग्रता बनाएको हो ।
हेड टू हेडको आधारमा बार्सिलोना भन्दा रियल अगाडी छ । शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । ग्रानाडा ५४ अंक सहित छैटौ स्थानमा रहेको छ ।