एजेन्सी । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्रा’चारसम्बन्धिको नियम तोडेको भन्दै उनलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध गरेको हो ।
शफिकलाई अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा म्या’च फि’क्सिङ गरेको आरोप लगाईएको छ । उनलाई सन् २०१८ मा नंगाहर लियोपार्ट्सबाट अफगानिस्तानको लिग र सन् २०१९ मा सिलेट थन्डरबाट बंगलादेशको लिग खेल्दा भ्रष्ट्रा’चारसम्बन्धिको नियम तोडेको आरोप लागेको छ ।
३० वर्षे ब्याट्सम्यानले अफगानिस्तानका लागि २४ एकदिवसीय र ४६ टी(ट्वान्टी खेलेका छन् ।
म्या’च फि’क्सिङ आरो’पमा क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध
- प्रकाशित मिति: सोमबार, बैशाख २९ २०७७
- तामाकोशी