एजेन्सी । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले कोरोना भाईरसको कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।
मुभीस्टारसँग कुरा गर्दै अध्यक्ष टेबासले ला लिगा जुन १२ बाट सुचारु हुनेमा आफु आशावादी भएको बताएका हुन् । कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी स्पेनमा कायम रहेपछि ला लिगा सुचारुको मिति अनिश्चित बनेको छ ।
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ ।
ला लिगा सुचारु हुने मिति तय
- प्रकाशित मिति: सोमबार, बैशाख २९ २०७७
- तामाकोशी