रामेछाप नगरपालिकाले बाढ्यो १३ वटा माविलाई खेलकुद सामाग्री

  • प्रकाशित मिति: मंगलबार, माघ २८ २०७६
  • तामाकोशी

रामेछाप । माघ २८ गते,
रामेछाप नगरपालिकाले नगर भित्र रहेका १३ वटा माध्यमिक विद्यालयहरुमा खेलकुदका समाग्रीहरु बितरण गरेको छ । नगरपालिकाले दोश्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारीका लागी विद्यालयहरुलाई खेलकुदको सामाग्री उपलब्ध गरिएको रामेछाप नगरपालिकाका खेलकुद प्रशिक्षक टिकाराम मगरले बताए । विद्यालयको माग र आवश्यकतालाई हरेर खेलकुदका समाग्रीहरु (भलिबल , फुटबल , ब्याडमिन्टन , निक्याप , ज्याबलिङ थ्रो , डोरी , भलिबल नेट , लुडो ) लगायतका साम्राग्रीहरु सम्बन्धित विद्यालयका खेल शिक्षकहलाई रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले हस्तान्तर गरेका हुन् । विद्यार्थीहरुको खेलकुदको विकास र विस्तारको लागि प्रतियोगिता संचालन गर्न लागिएको नगरप्रमुख मगरको भनाई छ । नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको मिती भने अहिलेसम्म तय भएको छैन ।