१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले जित निकालेको छ । नेपालले भुटानलाई १ का विरूद्ध २ गोल गर्दै जित निकालेको हो ।पहिलो हाफसम्म १–१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको थियो । नेपालका लागि खेलको १६औँ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्।नेपालका लागि दोर्सो गोल सुनिल बलले गरेका थिए । खेलको ५२ औँ मिनेटमा हेडबाट उत्कृष्ट गोल गर्दै सुनिल बलले अग्रता २-१ मा पुर्याएका हुन्। खेलको ३६ औं मिनेटमा भुटानले पहिलो गोल फर्कायो। चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिससहित भुटानलाई गोल दिलाएका थिए।
सागको पुरूष फुटबलको स्वर्ण नेपाललाई , नेपालद्वारा भुटान २ – १ गोलले पराजित
- प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
- तामाकोशी