काठमाडौं । सागकाे बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालकी मिनु गुरुङले नेपाललाई स्वर्ण दिलाएकी हुन् । महिला बक्सिङको ५२ केजी तौल समूहमा मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् ।
साेमबार नै भएको ४८ केजी तौल समूहको फाइनलमा नेपालकी ललिता महर्जनले रजत पदक जितिन् ।