सावित्राको कीर्तिमानी ह्याट्रिकमा नेपाल फाइनल प्रबेश

  • प्रकाशित मिति: बिहिबार, मंसिर १९ २०७६
  • तामाकोशी

पोखरा । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहिबार माल्दिभ्सलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । सावित्राले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । योसँगै सावित्रा ३६ गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् । यस्तै खेलको २१ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग शनिबार खेल्नेछ ।