१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दै छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा भुटानले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपालले खेलको राम्रो सुरुवात गरेको छ भने १० ओभरको खेल सक्दासम्म १ विकेटको क्षतिमा १३२ रन बनाएको छ । पारस खड्का र ज्ञानेन्द्र मल्लले अर्धशतक पार गरेका छन् । पासर २८ बलमा ५७ रन बनाउदै आउट भए भने ज्ञानेन्द्रद्धारा शानदार प्रदर्शन गरिरहेका छन् ।
दुवै टोली पहिलो जितको खोजिमा छन् ।
बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।