सागमा नेपाली क्रिकेट लिग चरणको खेल कुन टिम संग ? (विवरण सहित)

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ ।

पुरुषमा श्रीलंका र बंगलादेशको यू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् । यस अघि समुह बाइएपनि भारत र पाकिस्तान नआउने भएपछि लिग हुने भएको छ । लिग चरणपछि शीर्ष दुई टोली फाइनलमा भिड्ने छन् । कास्य पदक अर्थात तेस्रो स्थानमा लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलीबीच प्रतिस्पर्धा हुने छ ।



नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा नेपालले भुटानसँग खेल्ने छ । मंसिर २० मा नेपालले माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ । मंसिर २३ मा कास्य पदको लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन् ।

मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुने छ । सबै खेल टीयू क्रिकेट मैदानमा हुने छन् । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ ।