काठमाडौं ९हाम्रो खेलकुद०– विमल घर्तीमगरसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी अनुशासनको कारवाहीमा परेका छन् । जसका कारण कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् । विमलसहित कारवाही पर्नेमा अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी रहेका छन् । यी चार खेलाडी गएराती २ बजे सम्म ठमेलमा डिस्कोमा रहेका कारण टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले चार खेलाडीलाई कारवाही गरेको हो । एन्फाका प्रवक्ता किरण राई कारण नबाताएपनि अनुशासनको कारण अहिले भुटान भ्रमणबाट यी चार खेलाडीलाई हटाइएइको छ । उनीहरुको ठाँउमा चार खेलाडी राखिने पनि उनले जानकारी दिए ।
राष्ट्रिय फुटबल टोली आज दिउँसो ३ बजे भुटान जाँदैछ । विश्वकप छनोटमा नेपालले ४ खेल खेलिसकेको छ । जसमा ३ खेल गुमाएको नेपालले १ खेल मात्र जितेको छ । चाइनिज ताइपेविरुद्धको एकमात्र जितमा नेपालका लागि दुवै गोल अन्जनले नै गरेका थिए । त्यसबाहेकका खेलमा भने नेपालले कुवेतसँग ७–०, अष्ट्रेलिया ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । भुटानमा मंसिर ३ कुवेतविरुद्ध हुने खेल नेपालको होम म्याच हो ।
दशरथ रंगशाला पूर्ननिर्माणको काम नसकेपछि एएफसीले त्यहाँ खेल हुन नसक्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाले भुटानलाई न्युट्रल भेन्यूको प्रस्ताव गरेको थियो । कुवेत टोली भने शुक्रबार नै भुटान पुगिसकेको छ ।