युरोपा लिगः म्यानचेस्टर युनाइटेड नकआउट चरणमा

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे ।

खेलको २२औं मिनेटमा ग्रीनवुडले युनाइटेडको गोलको खाता खोलेका थिए । उनले रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो ।
४९औं मिनेटमा एस्ले योङको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–० को आरादायी अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी रहन सफल भयो ।
खेलको चौथो मिनेटमा ओस्कार मेलन्दोले गोलको खाता खोलेका थिए । त्यसपछि १२औं मिनेटमा राफयल फोर्सटर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्पान्योलले त्यसको फाइदा उठाउदै थप ५ गोल गर्न सफल भएको थियो ।
फराकिलो जितसँगै इस्पान्योलले समूह समूह ‘एच’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लुडोगोरेट्स समान खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
५ अंक छ ।
–एजेन्सी