युरोपा लिगः स्पेनिस क्लब इस्पान्योलद्धारा राजग्राडमाथि गोलको बर्षा

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

युरोपा लिग अन्तर्गत गएराती भएको खेलमा स्पेनिस क्लब इस्पान्योलले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडको पोष्ठ गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्समाथि ६ –० को शानदार जित हात पारेको हो ।

१० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलको आर्धादजर्न गोलमा ६ खेलाडीले गोल गरे । ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे ।
खेलको चौथो मिनेटमा ओस्कार मेलन्दोले गोलको खाता खोलेका थिए । त्यसपछि १२औं मिनेटमा राफयल फोर्सटर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्पान्योलले त्यसको फाइदा उठाउदै थप ५ गोल गर्न सफल भएको थियो ।
फराकिलो जितसँगै इस्पान्योलले समूह समूह ‘एच’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लुडोगोरेट्स समान खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
५ अंक छ ।
–एजेन्सी