प्रथम राकाथुम वडाअध्यक्ष भलिवलको उपाधि सप्तरंगी समाज सेवाको पोल्टामा

  • प्रकाशित मिति: आइतबार, असोज २६ २०७६
  • तामाकोशी

रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुममा आयोजित प्रथम वडाअध्यक्ष भलिवल प्रतियोगिताको उपाधि सप्तरङ्गी समाज सेवा गुकुलगङ्गा गाउँपालिका ४ बेतालीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा ५१ हजार रुपैयाँ राशिको सो उपाधि सप्तरंगिले जितेको हो ।

राकाथुमस्थित समाज कल्याण मगर सेवा समितिको खेलकुद मैदान खानीगाउँमा राकाथुम युवा तथा खेलकुद विकास समितिले असोज २३ गतेबाट आयोजना गरेको उक्त प्रतियोगितमा खाँडादेवी युवा क्लब खाँडादेवी ७ थान्सिङले दोस्रो स्थान प्राप्त गरेको छ । उसले ३१ हजार रुपैयाँ हात पारेको छ । प्रतियोगितामा युवा तथा खेलकुद विकास समिति सुनापती २ दिमिपोखरी तृतिय र दोरम्बा गाउँ पर्यटन विकास समिति दोरम्बा २ ले सान्तोना स्थान हात पार्न सफल भएका छन् । उनीहरुले क्रमश: २१ हजार र ११ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । विजयी टिम र खेलाडीलाई सिल्ड मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
खेलको उद्घाटन खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गरेका थिए भने समापन कार्यक्रम नेकपा रामेछाप जिल्ला अध्यक्ष मैन कुमार मोक्तानको प्रमुख अतिथ्यतामा भएको वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठले तामाकोसी अनलाइनलाई जानकारी दिए । विजयी खेलाडीलाई प्रमुख अतिथि लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।