(आईसीसी) टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको ट्रफी सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, असोज २५ २०७६
  • तामाकोशी

सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा हुने ग्लोबल छनोटको उपाधि ट्रफी सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार राति युएईको आबुदाबीमा ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा छनोटमा सहभागी १४ राष्ट्रका कप्तानको उपस्थिति रहेको थियो । १८ अक्टोबरबाट ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।



नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन् । एक आयोजक सहित टी-ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् ।राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

@एजेन्सी