आज उपाधी दाबेदार बार्सिलोना र इन्टर मिलानको भिडन्त हुँदै

  • प्रकाशित मिति: बुधबार, असोज १५ २०७६
  • तामाकोशी

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा आज उपाधि दाबेदार टोलीद्वय बार्सिलोना र इन्टर मिलानको भिडन्त हुँदैछ । समूह चरणको दोस्रो खेलअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानबीच महाभिडन्त हुन लागेको हो ।



बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । यसअघि दुवै टोलीले बराबरी खेल्दै समान १–१ अंक बनाएका छन् । इन्टर र बार्सिलोना मात्र नभएर समूह ‘एफ’मा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आजको खेलमा स्टार खेलाडी मेस्सी नहुने भएको छ । स्टार खेलाडी मेस्सी ला लिगा खेलमा घाइते भएको थियो ।