सीपीएलः सन्दीपको उत्कृष्ट प्रदर्शन, विकेट संख्या ८ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, असोज ७ २०७६
  • तामाकोशी

क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको टिम बार्वाडोसले जमैका तलवालाई १२७ रनमा अल आउट गार्दा सन्दीपले महत्वपूर्ण २ विकेट लिएका थिए । आफ्नो स्पेलमा सन्दीपले १७ रन खर्चिँदै कप्तान चाड्विक वाल्टन र ड्वान सिम्थलाई आउट गरेका थिए ।
वार्बाडोसमा आवद्ध सन्दीप मंगलबारको खेलपछि नेपाली राष्ट्रिय टोलिले खेल्ने सिरिजका लागि सिंगापुर जानेछन् । सीपीएलको यो सिजनमा सन्दीपको विकेट संख्या ८ पुगेको छ ।