बार्सिलोनाका स्टार मेस्सी नयाँ सिजनको पहिलो पटक मैदानमा आउदै

  • प्रकाशित मिति: मंगलबार, भाद्र ३१ २०७६
  • तामाकोशी

काठमान्डौ, भदौ ३१ गते ।
च्याम्पियन्स लिग अन्तर्गतको खेलबाट बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी यो सिजनमा पहिलो पटक क्लबको जर्सिमा मैदानमा देखिने भएका छन् । चोटका कारण ला लिगामा उत्रन नसकेका मेस्सी च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बोरुसिया डर्टमन्डविरुद्ध खेल्ने पक्का भएको छ ।

च्याम्पियन्स लिगका लागि बार्सिलोनाले सार्वजनिक गरेको टिमको सूचीमा मेस्सीको नाम अटाएको छ । काल्फको चोटका कारण ला लिगा र त्यस अगाडि बार्सिलोनाको प्रिसिजन टुर गुमाएका मेस्सीको आगमनले बार्सिलोनालाई ठूलो राहत भएको छ । बार्सिलोनाका कप्तान मेस्सीले अन्तिम पटक कोपा अमेरिकामा खेलेका थिए । उनले बार्सिलोनाका ला लिगामा सुरुवाती चार खेलमा बेन्चमा बसेका थिए । मेस्सी फिटनेस टेष्ट र मेडिकल टेष्ट पास भएपछि खेल्न तयार भएका हुन् । डर्टमन्डविरुद्धको खेलका लागि अहिलेका युवा सेन्सेसन अंशु फाटी पनि टिममा परेका छन् । उनले ला लिगामा कम उमेरमा २ गोल र एक एसिस्ट गर्ने कीर्तिमान बनाएका छन् ।



च्याम्पियन्स लिगमा मंगलबार राति बार्सिलोनाले डर्टमन्डसँग पौने एक बजे जर्मनमा खेल्दैछ ।