सेन्ट्रल जोन भलिबलः फाइनलमा कीर्गिस्तान र उज्वेकिस्तान: नेपालको खेल भोली

  • प्रकाशित मिति: बिहिबार, भाद्र ५ २०७६
  • तामाकोशी

ललितपुर, भदौ ५ गते ।
कीर्गिस्तानले पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानलाई फाइनलको प्रतिद्धन्द्घि पाएको छ । माल्दिभ्सलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले कीर्गिस्तानसँगको उपाधि भेट पक्का गरेको हो ।
कीर्गिस्तान र उज्वेकिस्तान च्याम्पियनसिपका दुई अपराजित टोली हुन् । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा माल्दिभ्सलाई २५–२०,२५–१९ र २५ (२१ ले हराउँदै उज्वेकिस्तानले अन्तिम दुईको यात्रा तय गरेको थियो । अब माल्दिभ्सले भने तेस्रो स्थानका लागि तुर्केमिनिस्तानको सामना गर्नेछ ।

यसअघि साविक विजेता तुर्केमिनिस्तानलाई हराउँदै कीर्गिस्तान पाँचौ संस्करणको च्याम्पियनसिपको फाइनल पुगेको थियो । तर्केमिनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो । पहिलो र चौथो संस्करणको विजेता तुर्केमिनिस्तानले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो संस्करणको च्याम्पियन कीर्गिस्तानले तुर्केमिनिस्तानलाई २५–१४,२५–१५ र २५–२१ ले पराजित गरेको थियो ।



च्याम्पियनसिपमा शुक्रबार नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानका लागि तथा माल्दिभ्स र तुर्केमिनिस्तानबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।