रामेछाप । असार ५ गते,
रामेछापको सदरमुकाम मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारबाट मन्थलीमा सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा नगरपालिका भित्रका २१ वटा माविहरुले भाग लिई रहेका छन् । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले खेल संयोजकहरुलाई खेल सामाग्रि हस्तान्तरण गरि गरे ।
प्रतियोगतिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानसिक र शारिरिक विकासको लागि खेलकुद महत्वपूण रहेको उनले बताए । उद्घाटन कार्यक्रमलाई मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, नेकपा नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेख बहादुर कार्की लगायलते सम्बोधन गरेका थिए । प्रतियोगितमा भलिवल, कपर्दी तथा एथलेटिक्सका विभिन्न खेल समावेस छन् ।
मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
- तामाकोशी