रामेछाप । वैशाख ११ गते,
१३ औँ लोकतन्त्र दिवशको अवसरमा रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विभिन्न निकायबिचको मैत्रीपुर्ण फुटबल खेल आयोजना गरिएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा क्रियाशिल महिला पत्रकार ( डब्लु.डब्लु.जे ) रामेछापले खेलको आयोजना गरेको हो । मैत्रीपुर्ण फुटबलमा पत्रकार , मन्थली नगरपालिका भरिका जनप्रतिनिधि , रामेछाप उद्योग बाणिज्य संघ र निजामती कर्मचारीहरुको समुहरुबिच प्रतिस्पर्धा भएको थियो । 
पहिलो खेलमा रामेछापका पत्रकार र मन्थली नगरपालिकाका जनप्रतिनिधिविच भएको थियो । जसमा जनप्रतिनिधिहरुको समुहले पत्रकारहरुको समुहलाई ३–० गोल अन्तरले पराजित गरेको छ । रामेछाप उद्योग वाणिज्य संघ र निजामति कर्मचारी समुह बिचको दोस्रो खेलमा उद्योग वाणिज्य संघले निजामति कर्मचारी समुहलाई २–० गोल अन्तरले हराएको क्रियाशिल महिला पत्रकार ( डब्लु.डब्लु.जे ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् । खेलमा सहभागी खेलाडीहरुलाई प्रमानपत्र प्रदान गरिएको थियो ।
१३ औँ लोकतन्त्र दिवशमा रामेछापमा मैत्रीपुर्ण फुटबल खेल
- प्रकाशित मिति: बुधबार, बैशाख ११ २०७६
- तामाकोशी