आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई १५० रनको ठुलो अन्तरले पराजित गरेको छ।
पहिले ब्याटिंग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा ओमानले ४४.१ ओभरमा ७९ रनमै सबै विकेट गुमाउन पुग्यो।
ओमानलाई सस्तोमा समेट्न अफ-स्पिनर पवन सर्राफले ३ विकेट ( १०-२-२४-३ ) लिए। यस्तै प्रतिस जिसी ( ७.१-१-१३-२ ) र सुर्य तामांगले ( ९-४-११-२ ) २/२ विकेट तथा कुशल मल्ल ( १०-२-१२-१ ) , भिम शार्की ( ३-०-६-१ ) र कमल ऐरि ( ३-३-०-१ ) ले १/१ विकेट लिए। कमलले ३ ओभर गर्दा ३ ओभरनै मेडन ओभर गरे। ओमानको लाइ सिराह र तन्नाले समान १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाल, आयोजक मलेसिया सहित, युएई, सिंगापुर , कुवेत र ओमान गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ विश्वकप खेल्न छनौट हुनेछ।
ओमानलाई पराजित गर्दै नेपालले ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। अब नेपालले अन्तिम खेल बिहिबार कुवेतसंग खेल्नेछ।
लाइभ स्कोर कार्ड हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।