प्रदेशस्तरीय पुरुष भलिबल छनौट प्रतियोगिताः अनुप चौधरी बने उत्कृष्ठ खेलाडी (फोटो फिचर)

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १७ २०७५
  • तामाकोशी

रामेछाप,फागुन १७ गते । युनिक विफा घिसिङ 

आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको प्रदेश नम्बर ३ पुरुष भलिबल छनौट प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी बन्न चितवनका अनुप चौधरी सफल भएको छ । रामेछापको मन्थलीमा फागुन १३ गते देखि १६ गते सम्म सञ्चालित छनौट चरणको सबै खेलहरुमा उत्कृष्ठ खेल प्रदर्शन गरे संगै उनि प्रदेश नम्बर ३ पुरुष भलिबल प्रतियोगिताको उत्कृष्ठ खेलाडी बनेको हो ।



विहिबार रामेछापको मन्थलीमा भएको फाइनल खेलमा चितवन जिल्लाले ललितपुर जिल्लालाई २५-२०, २५-१४ र २५-१५ को सोझो सेटमा हराउदै प्रदेश नम्बर ३ को छनौट चरणको खेलमा पहिलो हुदै सिल्ड मेडल र प्रमाणपत्र हात पारे भने ललितपुर जिल्ला दोस्रो स्थानमा चित्ता बुझाउन बाध्य भए । यस्तै प्रतियोगितामा राम्रो सुरुवात गरेको रामेछाप जिल्लाले सेमिफाइनलमा चितवन जिल्लासंग २५-२०, २५-१४ र २५-१५ को सेटमा पराजित हुदै तेस्रो स्थानमा खुम्चिन बाध्य हुदा सेमिफाइनलको अर्काे खेलमा भक्तपुर जिल्लाले ललितपुर जिल्ला संग १२-२५, २५-२१, २४-२६, २५-१९ र ८-१५ को सेटमा पराजित हुदै तेस्रो स्थानमै चित्ता बुझाए ।  प्रतियोगितामा चितवन जिल्लाका चिन्तामनी महतो उत्कृष्ठ डिफेन्डर, ललितपुरका रोशन खड्का उत्कृष्ठ सेटर, ललितपुर जिल्लाका शिशिर महर्जन उत्कृष्ठ ब्लकर चितवन जिल्लाका मन्जिल गुरुङ उत्कृष्ठ सर्बर चितवन जिल्लाका सरोेज चौधरी उत्कृष्ठ कुइक्कर र भक्तपुर जिल्लाका दुर्गा बहादुर सुनार उत्कृष्ठ स्पीकर बन्न सफल बनेका छन् ।

प्रदेश नम्बर ३ पुरुष भलिबल छनौट प्रतियोगिता रामेछापको मन्थलीमा सफल गराउन सहयोगी मिडियाकर्मी, ब्यवस्थापन टिम, राखेप, दर्शक लगाएत सम्पुर्णलाई जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुर्षाेत्तम कडरियाले धन्यवाद दिनु भएको थियो ।

(फोटो फिचर)