मन्थलीमा आजदेखि प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु (खेलतालिका सहित)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

रामेछाप,फागुन १३ गते । आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको प्रदेश नम्बर ३ को छनौट चरणको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता रामेछापको मन्थलीमा सोमबारदेखि सुरु भएको छ । १३ ओटा जिल्ला भएको ३ नम्बर प्रदेशका १३ ओटै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगिता फागुन १३ गते देखि १६ गते सम्म संचालन हुने छ । ४ दिनसम्म चल्ने प्रतियोगीताको तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुर्पाेत्तम कडरियाले जानकारी दिनु भयो ।  उहाँका अनुसार सोमबारको पहिलो खेल नुवाकोट विरुद्ध दोलखा मैदानमा उत्रने छन् । यस्तै सोमबारनै हुने अन्य खेलहरुमा धादिङ विरुद्ध सिन्धुली, सिन्धुपाल्चोक विरुद्ध मकवानपुर, रसुवा विरुद्ध भक्तपुर, रामेछाप विरुद्ध काठमान्डौ प्रतिस्पर्धा गर्नेछन् । यस्तै सोमबार नै नुवाकोट विरुद्ध धादिङ, मकवानपुर विरुद्ध ललितपुर र भक्तपुर विरुद्ध चितवन आमुन्ने सामुन्ने हुनेछन् ।
प्रतियोगिता जिल्ला समन्वय समितिसँगै रहेको खेल मैदनमा हुनेछ । महिला भलिबल प्रतियोगिता भने यसअघि छिमेकी जिल्ला दोलखामा सञ्चालन भएको थियो भने रामेछापले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको प्रदेश नम्बर ३ को छनौट चरणको प्रदेशस्तरीय अन्य २६ खेलहरु विभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुद परिषद प्रदेश नम्बर ३ ले सूचना मार्फत जानकारी गराएको छ ।



(खेलतालिका सहित)