विष्णुमतिमा गोरखाका एक बिद्यार्थीको शव भेटियो, हत्या भएको आशंका !

  • प्रकाशित मिति: बिहिबार, पुष १९ २०७५
  • तामाकोशी

काठमाडौँ, १९ पुस । राजधानीको नया बसपार्कको विष्णुमतिमा गोरखाको एक पुरुषको शव फेला परेको छ। गोरखाका अनुज सिम्खडाको शव विष्णुमतिमा भेटिएको हो।

उनी राजधानीकै धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी हुन्।



बुधबार सांझपख शब फेला परेको र अहिले शब पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ।

केहि दिन अघि मृतककि बहिनि सुनिता सिम्खडाले आफ्नो फेसबुकमा आफ्नो दाजु पुष १० देखि हराएको र फेला पार्नुहुनेले प्रहरीमा खबर गरिदिन वा फोन गरिदिन भन्दै मोबाइल नम्बर राखेर सामाजिक संजालमा पोस्ट गरेकी थिईन।

उक्त पोस्ट गरेको केहि दिन पछि नै मृत अवस्थामा अनुजको शब फेला पर्नुले घटनालाई हत्याको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस