दु:खद खबर ! दुर्घटना हुँदा एकै परिवारका ४ जनाको मृत्यु

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

काठमाडौं । भारतमा सवारी दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । भारतको बिहारस्थित बरेलीमा कार र ट्रक एक आपसमा ठोक्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । भारतीय प्रहरीकाअनुसार मृत्यु भएका चार जना एकै परिवारको भएको पुष्टि भएको छ ।

कार र मालवाहक ट्रक एकापस ठोक्किएर भएको दुर्घटनामा अन्य केही घाइते भएको बिहार पुलिसले जनाएको छ।भयानक दुर्घटना, कार र ट्रक ठोक्किँदा एकै परिवारका ४ जनाको मृत्युबेइजिङ, चीन। चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन्।चक्कूधारी



व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले प्रहरीलाई उद्धृत गरी जनाएको छ। अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेका बताइएको छ।

तस्वीरमा प्रहरी एक जना व्यक्तिसँग सडकमा लडिरहेको पनि देखाइएको छ।घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ।
चीनमा यो बर्ष यस खालका धेरै घटना भएका छन्। एजेन्सी !