दु:खद खबर ! पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चल्यो रुवाबासी १ जनाको मृत्यु १० भन्दा बढी घाईते

  • प्रकाशित मिति: बिहिबार, पुष ५ २०७५
  • तामाकोशी

नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १० भन्दा बढी गम्भीर घाइते छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान ८ बजे भएको दुर्घटनामा पुरुषको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।