कावासोती-पूर्व पश्चिमराजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट दाङका लागि छुटेको ना६ख ९६७६ नंको बसले बा१८प ५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार मध्यबिन्दु–११ का २८ वर्षीय चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनुभएको उहाँको उपचारका क्रममा मध्यबिन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टेर बसमा सवार २५ जना घाइते भएका छन् । मोटरसाइकल चालक सामान्य घाइते छन् ।