१. विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले वर्षका उत्कृष्ट क्रिकेटर कसलाई घोषणा गर्यो ?
– विराट कोहली
(त्यस्तै अस्ट्रेलियाका स्टिभ वर्षका उत्कृष्ट टेष्ट खेलाडी घोषित भएका)
२. अन्तर्राष्ट्रिय खेल जगत्को विश्लेषण गर्ने स्विजरल्यान्डको संस्था सीआईईएस (इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज) ले सन् २०१८ जनवरीमा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वको मस्ट भ्यालुएबल फुटबलरको सूचीको प्रथम स्थानमा रहेका खेलाडी को हुन् ?
– ब्राजिलका नेयमार जुनियर
(त्यस्तै अर्जेन्टिनाका लियोनेल मेसी दोस्रो र इङ्ल्यान्डका ह्यारी केन तेस्रो स्थानमा रहेका ।)
३. सन् २०१७ मा नेपालमा धेरै पर्यटक आगमन भएका प्रमुख पाँच राष्ट्र कुन–कुन हुन् ?
– क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्का
(नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटकले नेपालको भ्रमण गरेका । सन् २०१६ मा सात लाख २८ हजार ५५० पर्यटक नेपालमा भ्रमणका लागि आएका ।)
४. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
– माघ २
– ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको ।
– २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको ।
५. भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा रहेको छ ?
– ११ औँ
६. सरकारले सातवटै प्रदेशमा प्रदेश–प्रमुखको नियुक्ति कहिले गरेको हो ?
– वि.सं. २०७४ माघ ३ गते
– नियुक्त प्रदेश प्रमुख : प्रदेन नं. १ : गोविन्द सुब्ब, प्रदेश नं. २ : रत्नेश्वरलाल कायस्थ, प्रदेश नं. ३ : अनुराधा कोइराला, प्रदेश नं. ४ : बाबुराम कुँवर, प्रदेश नं. ५ : उमाकान्त झा, प्रदेश नं. ६ : दुर्गाकेशर खनाल र प्रदेश नं. ७ : मोहनराज मल्ल ।
– त्यसैगरी २०७४ माघ ३ को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम निम्नानुसार तोकेको : प्रदेश १ : विराटनगर, प्रदेश २ : जनकपुर, प्रदेश ३ : हेटौँडा, प्रदेश ४ : पोखरा, प्रदेश ५ : रुपन्देही, प्रदेश ६ : सुर्खेत र प्रदेश ७ : धनगढी ।
७. ‘लेखक हो आफ्नो शक्ति अनुरूप विषयको छनोट गर, तिम्रो काँधले बोक्न सक्ने र नसक्ने विचार माथि गम्भीरपूर्वक विचार गर’ भन्ने व्यक्तित्व को हुन् ?
– होटेस
८. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?
– वि.सं. २०७४ माघ ७
९. नेपालको पहिलो निःशुल्क वाइफाई जिल्ला कुन हो ?
– म्याग्दी
१०. नेपाल–ब्रिटेन दिगो तथा मैत्री सन्धि (Treaty of perpetual peace Friendship) कहिले भएको हो ?
– सन् १९२३ डिसेम्बर २१
११. मंङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली बैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैदान्तिक आधार प्रस्तुत गर्ने नेपाली बैज्ञानिक को हुन् ?
–सुमन सत्याल
१२. VOIP को पुरा रुप Voice Over Interent protocal हो भने HTML को पुरा रुप के हो ?
–Hyper Text Markup Language
@गोरखापत्र