२६ पुस बुधबार २०७४ः बस्तुगत प्रश्नोत्तर (लोक सेवा खुराग )

  • प्रकाशित मिति: बिहिबार, पुष २७ २०७४
  • तामाकोसी खबर

१. बिक्स (BRICS) को नवौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१७ सेप्टेम्वर ३–५, जियामेन (चीन)

२. वि.सं. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारले आफ्नो चुनावी कार्यक्रममा खर्च गर्न पाउने रकमको सीमा कति हो ?
– रु. २५ लाख (प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमः रु. १५ लाख)
– समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यले खर्च गर्न पाउने रकमः रु. २ लाख ।
– समानुपातिकतर्फ प्रदेश सभा सदस्यले खर्च गर्न पाउने रकमः रु. १ लाख ५० हजार ।



३. बराबर क्षेत्रफल भएका नगरपालिका धुलिखेल र बनेपा (५५ व.कि.मि.) हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन हुन् ?
– ओखलढुङ्गाका चम्पादेवी र चिशङ्खुगढी (१२५.९१ व.कि.मि)

४. लामो समयदेखि अवरुद्ध दाङको हवाइसेवा कहिलेदेखि पुनःसञ्चालन भएको छ ?
– वि.सं. २०७४ पुस २३

५. हेमगङ्गा युवा कला प्रतिभा पुरस्कार (वि.सं. २०७४ मा प्रदान गरिने) बाट कसलाई सम्मानित गरियो ?
– कलाकार केशवराज खनाल (गोरखापत्रमा आवद्ध)

६. सन् २०१७ को साहित्य तर्फको नोवेल पुरस्कार विजेता स्राष्टा को हुन् ?
– बेलायती लेखक काजुओ इसिगुरो
(संसारसँग जोडिएको मानवीय भ्रमलाई महान् भावनात्मक शक्तिको आधारमा उजागर गर्न सफल ।)

७. रूपन्देही जिल्लाको भैरहवामा देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) को उद्घाटन कहिले गरिएको हो ?
– वि.सं. २०७१ म्ङ्सिर २
(वि.सं. २०५७ मा SEZको निर्माण प्रक्रिया थालिएको थियो ।)

८. ‘विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार’ भन्ने नाराका साथ नेपालमा प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं. २०७१ जेठ २२–२४

९. छैटोँ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुनकुन हुन् ?
– मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरी
(गणना अनुसार सबैभन्दा कम कृषियोग्य जमिन भएका पाँच जिल्लाः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका ।)

१०. छैटौँ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार नेपालमा कति कृषक परिवार रहेका छन् ?
– ३८ लाख ३१ हजार

@ गोरखापत्र