मिशन-लोकसेवा वनस्पति तथा वनरक्षक 2074.8.19

  • प्रकाशित मिति: मंगलबार, मंसिर १९ २०७४
  • तामाकोसी खबर

वनस्पति तथा वनरक्षक
१. नेपालमा रैथाने फुल फुल्ने प्रजाती कति रहेका छन ?
 २८४ वटा।
२. विश्व संरक्षण संघ को स्थापना कहिले भयो ?
सन १९४८.
३. व्यापारिक प्रयोजनका लागि कटान अोसार पसार र विदेश निकास गर्न प्रतिबन्धित रुखहरु कति वटा छन ?
४ प्रजाती.(जडिबुटी ११ प्रजाती)
४. झ्याउ को वैज्ञानिक नाम के हो ?
 Litchen Epp.
५. सिकार आरक्षले संरक्षित क्षेत्रको कति प्रतिशत क्षेत्र ओगटेको छ ?
 ३.८५.
६. नेपालमा वन व्यवस्थापन को सुरुवात कहिले देखि भयो ?
 १९९९ .
७. आगो त्रिभुज भन्नाले के बुझिन्छ ?
 ताप, ईन्धन, र अक्सिजन
८. पाँच अाैलेको संकलन समय कहिले देखि कहिले सम्म हुन्छ ?
 भाद्र देखि अश्विन
९. नेपाल वन संरक्षित वन्यजन्तु कति रहेका छन ?
३८
१०. बेल को वैज्ञानिक नाम के हो ?
 Aegle marmelos
११. गुरासको बीउ संकलन समय कुन हो ?
August and March
१२. पहिलो पटक कुन ऐनमा बिगो सम्बन्धि व्यवस्था गरियो ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९
१३. वन स्रोत सर्वेक्षण लाई कुन कुन भागमा वर्गीकरण गर्न सकिन्छ ?
३ भागमा (राष्ट्रिय स्रोत सर्वेक्षण, क्षेत्रीय स्रोत सर्वेक्षण, स्थानिय स्रोत सर्वेक्षण)
१४. नेपालमा कति प्रकारका वनश्पती समुदाय पाईन्छन ?
७५ प्रजाती।
१५. उतिसको बीउ के बाट प्रसारण हुन्छ ?
पानी