१. सन् २०१७ का लागि चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
– तीन अमेरिकी वैज्ञानिक जेफरी सी, हल, माइकल रोजव्यास र काइकल डब्लू, यङ
– मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के–कस्तो प्रतिक्रिया दिन्छ र समय अनुसारको चाल शरीरले कसरी थाहा पाउँछ भन्ने बारेको अनुसन्धान गरेबापत यो पुरस्कार दिइएको ।
सकार्डियन रिदम मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विद्या हो । उनीहरुको अनुसन्धान अनुसार मानव शरीरले समय अनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्नेगर्दछ । यस बोलोजिकल क्लकले मानिसको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनको अवस्थाका बारेमा पनि निर्धारण गर्नेगर्छ ।
– यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुमा पनि देखिने गरेको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ ।
२. सन् २०१७ मा भौतिक शास्त्र विद्या तर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को–को हुन् ?
– तीन अमेरिकी वैज्ञानिक रेनर वेइस, बारी सी, बारिस र किप एस. थोर्न
(गुरुत्वाकर्षण तरङ्ग सम्बन्धी अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेबापत ।)
३. सन् २०१७ मा रसायन शास्त्र विद्या तर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे ?
– जाकेस डुवोसेट (स्विजरल्यान्ड), जोएचिम प्रयाङ्क (जर्मनी) र रिचार्ड हेन्डरसन (बेलायत)
(शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिविधि अवलोकन गर्ने अत्याधुनिक प्रविधियुक्त वैज्ञानिक उपकरण ‘क्रायो–इलेक्ट्रोन माइक्रोस्पोपी’को आविष्कार र निर्माण गरे बापत । यस नवीनतम प्रविधिको प्रयोगबाट विद्युतीय प्रकाशको सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोषिकाको फोटो खिच्न अनुसन्धानकर्तालाई सहज हुने ।)
५. सन् २०१७ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
– आइक्यान
– यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु हतियार नष्ट गर्ने अभियानमा जुटेको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल क्याम्पेन टु एवोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई प्रदान गरिएको ।
– स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको आइक्यान विश्वभरका सयौँ गैरसरकारी संस्थाको एक समूह हो ।
– विश्वमा बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाउने अभियानबाट अभिप्रेरित भएर सन् २००७ मा यसको स्थापना भएको ।
– आइक्यानको पहलमा यही जुलाइमा १ सय २२ राष्ट्रद्वारा सबै परमाणु अस्त्र प्रतिबन्ध गर्ने संयुक्त राष्ट्रसङ्घको सन्धिमा हस्ताक्षर ।
५. सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रष्टा को हुन् ?
– बेलायती लेखक काजुओ इसिगुरो
(संसारसँग जोडिएको मानवीय भ्रमलाई महान् भावनात्मक शक्तिका आधारमा उजागर गर्न सफल ।)
६. सन् २०१७ को अर्थशास्त्र विधा तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
– अमेरिकी अर्थशास्त्री रिचार्ड थालर
(अर्थशास्त्र र मनोविज्ञान बीचको अन्तर जोड्न गरेको योगदानका निम्ति उनलाई सो पुरस्कार प्रदान गरिएको । सीमित चेतना, सामाजिक प्राथमिता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णय तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने विषयमा उनले खोजमूलक अध्ययन गरेका ।)
७. इन्च्यान्टर मिस टिन नेपाल– २०१७ को उपाधि जित्ने युवती को हुन् ?
– सञ्जु मोक्तान
८. ‘विद्वानहरु बोल्छन् किनकि उनीहरुसँग भन्नका लागि केही हुन्छ । मूर्खहरु बोल्छन् किनकि उनीहरुलाई केही भन्नुछ’ भन्ने विचारक को हुन् ?
– प्लेटो, ग्रिसेसी दार्शनिक
९. नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ असोज २१–२२, काठमाडौं
१०. सङ्घीय प्रशासनिक पुनः संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाट कहिले पारित भएको हो ?
– वि.सं. २०७४ असोज २०
– पारित विधेयकले सरकारी कर्मचारीको नियमित पदपूर्तिलाई खुला गरेको तर समायोजन अवधिसम्म नयाँ दरबन्दी सिर्जना गर्न नपाइने ।
– कर्मचारी समायोजनमा ज्येष्ठतालाई पहिलो प्राथमिता, दोस्रोमा कर्मचारीले रोजेको सङ्घ, प्रदेश वा स्थानीय तहलाई प्राथमिकतामा राखिने तथा तेस्रोमा हालको स्थायी बसोबासको ठेगानालाई प्राथमिकता दिइने ।
– ३५ दिनभित्र खटाएको ठाउँमा नगए अवकाशसमेत दिन सकिने ।
– समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष पुगेका कर्मचारीले स्वच्छिक अवकाश लिन पाउने ।
– सेवाको शर्त, सुविधा र वृत्ति विकासको संरक्षण गरिने ।
– निश्चित समयभित्र सरुवा हुन पाउने ।
– ऐन जारी भएपछि प्रदेश वा स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त पदमा सम्बन्धित प्रदेश वा स्थानीय तहले सरकार मार्फत पठाएको मागका आधारमा लोकसेवा आयोगले नै पदपूर्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको
(सामान्य प्रशासन मन्त्रालयले ६ महिनाभित्रै कर्मचारी समायोजन गरी सक्नेगरी प्रक्रिया सुरु गरेको जनाएको ।)