* धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
– 3 ( हिमाल,पहाड र तराई )
* हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
– 4877 मि – 8848 मिटरसम्म
* हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
– 15 प्रतिशत
* हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ?
– 16 जिल्ला
* हिमाली प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
– मुख्य हिमालय , भित्री हिमालय र सिमान्त हिमालय
* पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
– 610 मि – 4877 मिटरसम्म
* पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
– 68 प्रतिशत
* पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
– 39 जिल्ला
* पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
– 3 ( सिवालिक श्रेणी , महाभारत पर्वत र मध्यभूमि )
* तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित छ ?
– 59 मि – 610 मीटर
* तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?
– 17 प्रतिशत
* तराई प्रदेशको फैलावट कति छ ?
– 25-30 किलोमिटरसम्म
धरातलको आधारमा नेपालको वर्गीकरण
- प्रकाशित मिति: मंगलबार, कार्तिक ७ २०७४
- तामाकोसी खबर