रामेछापकै सर्वा्धिक पुरस्कार राशीको भूजी लिग फुटबल असोज अन्तिम साता

  • प्रकाशित मिति: बुधबार, असोज ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ११ गते,
रामेछाप जिल्लाकै सर्वा्धिक ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता भूजी लिग रनिङ शिल्डको सातौं संस्करण असोजको अन्तिम साता हुने भएको छ । आयोजक लिखु भूजी रामेछाप युवा क्लबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २० बाट प्रतियोगिता सुरु हुने जानकारी गराएको हो । उमाकुन्ड गाउँपालिका–७ स्थित क्लबको आफ्नै मैदानमा आयोजना हुने प्रतियोगितामा २५ भन्दा बढी टोलीको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ ।
लिग कप नकआउट प्रणालीमा सुरु हुने प्रतियोगिताको बिजेता टोलीले ५२ हजार प्राप्त गर्ने छ । यस्तै उपबिजेता टोलीले २६ हजार तथा तेस्रो हुने टोलीले १३ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र स्थानीयमध्ये उदीयमान खेलाडीसमेत पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ । १५ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि उमाकुन्ड गाउँपालीकाले केही आर्थिक सहयोग गरेको क्लबका सचिव सुदीप सुनुवारले जानकारी दिए । साता दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन उमाकुन्ड गाउँपालीकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नेछन् ।