साउन ३० । विश्व कीर्तिमानी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको डेब्यु खेलमा पहिलो गोल गर्दा बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ ।
विश्व कीर्तिमानी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको डेब्यु खेलमा पिएसजीले ३-०को सहज जित दर्ता गरेको छ। यस जितसँगै पिएसजीको २ खेलमा ६ अंक भएको छ।पिएसजीले खेलमा निरन्तर आक्रमण बुनेपनि पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन। उसले ५२औं मिनेटमा आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो।
घरेलु टोलीका डिफेन्डर जोर्डन इकोकोले बक्सभित्रबाट हतारमा गोलरक्षकलाई ब्याकपासदिएको बल गोलरक्षकले सम्हाल्न नसक्दा गोलमा परिणत भएको थियो। त्यसपछि थप आक्रामक बनेको पिएसजीले ६२औं मिनेटमा अग्रता दोब्बर पार्यो। नेयमारको उत्कृष्ट थ्रु पासमा फरवार्ड एडिन्सन कभानीले गोल गर्दै टोलीलाई २(०ले अगाडी बढाए। ८२औं मिनेटमा नेयमारले पनि गोल गर्दै पिएसजीका लागि डेब्युमै खाता खोले। उनले कभानीको पासमा सहजै गोल गर्दै पिएसजीको लागि पहिलो गोल गरेका थिए।
यता एल क्लासिको अर्थात दुई स्पेनिस महारथी रियल मड्रिड र बार्सिलोनाबिचको खेलमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस सुपर कपको पहिलो लेग अन्तर्गत आइतबार राति बार्सिलोनाको मैदान नाउ क्याम्प भएको खेलमा युरोप तथा स्पेनको च्याम्पियन रियल मड्रिडले ३–१ को जित निकाल्यो । मार्सेलोको क्रसमा बार्सिलोनाका जेराड पिकेले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । त्यसको केही सयमपछि नै लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर थप खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।
एल क्लासिकोमा गोल गरेका रोनाल्डो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । तर त्यसको केही पछि नै मार्को एसेन्सियोले गोल गरेपछि रियल मड्रिडले ३–१ को जित निश्चित गर्यो । सुपर कपको दोस्रो लेग आउँदो बुधबार रियल मड्रिडको मैदान बर्नाबेउमा हुनेछ ।