बस्तुगत प्रश्नोत्तर बैशाख १३ बुधबार

  • प्रकाशित मिति: बिहिबार, बैशाख १४ २०७४
  • तामाकोसी खबर

१. नेपाल संगित तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७३ बाट सम्मानित हुने स्रष्टा÷कलाकार को—को हुन् ?
नाट्य विद्यातर्फः रङ्गकर्मी अशेष मल्ल, संगित तर्फ ः गायक तथा संगितकार नारायण भक्त श्रेष्ठ, तृत्यतर्फ ः नृत्यनिर्देशक राघेश्याम प्रधान र लोकगित तर्फ ः लोकगायिका चन्द्रकला शाह ।
२. तालिवान लडाकुद्धारा अफगानिस्तानको उत्तरी सहर मजारको एक सैनिक पोष्टमा १४० भन्दा वढि सैनिकको ज्यान जानेगरी आतङ्ककारी आक्रमण कहिले भयो ?
सन २०१७ अप्रिल २१
३. २०७४ बैशाखमा सम्पन्न धनगढी प्रिमियर लिगको उपाधि कसले जित्यो ?
धनगढी टिम, चौराह पारस खड्का नेत्रित्वको टिम (विजेता १५ लाख ट्रफि र उपविजेता शरद भेस्वाकरको टिम विराटनगर किङ्गसले साल लाख पुरस्कार प्राप्त ।)
४. विश्व बैैङ्कले सन २०१७ अप्रिल १६ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आर्थिक बर्ष २०७३÷७४ मा आर्थिक वृद्धिदर कति कायम हुने प्रक्षेपन गरेको छ ?
६ प्रतिशत
५. नेपालले अमेरिकामा शुन्य भन्सारमा कति प्रकारका बस्तु निर्यात गर्न पाउने भएको छ ?
७७
६. काठमान्डौ उपत्यकामा रात्रिवस सेवाको सुरुवात कहिले भएको थियो ?
वि.स. २०६९ भदौ १ देखि तर वि.स. २०७० जेठवाट सेवा सञ्चालनमा नआएको
७.सरकारले एकिकृत सम्पति कर कहिलेदेखि लागु गर्ने निर्णय गरेको छ ?
आ.व. २०७४÷७५
८. “मैले नेपालको हिमाल देखेको छु र सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेकोछु ।” भन्ने विचारक को हुन् ?
माओत्सेतुङ
९. यस बर्षको बसुन्धराश्री पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
डा. तारानाथ शर्मा
१०. पारिजात नारी संघंशिल सम्मान २०७३ बाट सम्मानित हुने महिला को हुन् ?
राजनितिक एबं अधिकारकर्मी शशी श्रेष्ठ
११. काठमान्डौ महानगरपालिकाको महानगरको विकास दुतका रुपमा कसलाई नियुक्त गरेको छ ?
राष्ट्रिय गानका सर्जक प्रदिपकुमार राई (ब्याकुल माइला)
१२. महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ५४ औ बार्षिक प्रतिबेदन अनुसार आ. व. २०७२÷७३ को कुल बेरुजु आ.व. २०७१÷७२ को  तुलनामा कति प्रतिशत बढेको छ ?
१७ प्रतिशत
१३. एसआई प्रणाली अनुसार धाराविद्युतलाई कुन एकाइमा मापन गरिन्छ ?
एम्पियर
१४.विद्युत विच्छेदन क्रियाद्धारा कुनै एउटा धातुको बाहिरी सतहमा अर्काे धातुको जलप लगाउने प्रक्रियालाई के भनिन्छ ?
विद्युतलेपन
१५.फोव्र्सद्धारा सन २०१७ मा सार्वजनिक विश्वका धनाढ्यको सुची अनुसार विश्वका सर्वाधिक धनी ब्यक्ति को हुन् ?
माइक्रोसफ्टका सस्थापक विल गेट्स
१६.फोब्र्सद्धारा सन २०१७ मा प्रकाशित एसियाका ३० वर्ष मुनिका ३० प्रभावशाली युवाको सुचीमा परेका नेपाली युवा को—को हुन्?
प्रभात यादव, सुर्य कार्की, रविकुमार नेपाल, आशिष आचार्य र सविन भण्डारी

ॐ गोरखापत्र ज्ञान सागर