१) वि.स. २०७३ मंसिरमहिनासम्मको लथ्याङ्क अनुुसार नेपालको कति प्रतिशत जनसंख्यामा इन्टरनेट सेवाको पहुँच पुगेको छ ?
५४.३४ प्रतिशत
२) लामो समयदेखि प्रचलनमा रहेको स्थानिय निकायलाई कहिले देखि स्थानिय तह कायम गरिएको हो ?
वि.स. २०७३ फागुन २७ देखि नेपालमा ७४४ वटा स्थानिय तह कायम भएका छन् । सरकारले राजपत्रमा सुचना जारी गरेर लामो समयदेखि प्रचलनमा रहेका स्थानिय निकायको इतिहासलाई स्थानिय तहमा रुपान्तरण गरेको हो ।
३) कञ्चनपुरको आनन्दबजार नजिकै निर्माणधिन कल्भर्टको विषयमा स्थानिय नेपालीसँगको विवादमा भारतिय सुरक्षा बल ( एसएसवी) को गोली लागी मारिएका गोविन्द गौतमलाई सरकारले कहिले सहिद घोषणा गरेको हो ?
वि.स. २०७३ फागुन २७ ( नेपाली नागरिक गोविन्द गौैतमको भारतिय सुरक्षा अधिकारीले वि.स. २०७३ फागुुन २६ गते गोली प्रहारबाट निधन भएको थियो ।
४) युरोपेली सङ्घ ( ईयू) को अध्यक्षमा को निर्वाचित भएका छन् ?
पोल्याण्डका पुर्वप्रधानमन्त्री तथा पुर्वईयू अध्यक्ष डोनाल्ड टस्क (सन २०१७ मार्च ९ मा) उहाँको पक्षमा २७ मत परेको थियोे भने विपक्षमा उहाँकै देशका बर्तमान प्रधानमन्त्री बैटा सिडलोको मात्रै मत परेको थियो ।
५) हाल नेपालको निजामति सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?
१९.३ प्रतिशत ( निजामति कितावखानाको पछिल्लो तथ्याङ्क अनुसार हाल निजामति सेवामा ८२ हजार ४९६ कर्मचारी कार्यरत छन् । त्यसमध्ये ६६ हजार ५७५ पुरुष छन् भने १५ हजार ९२१ जना महिला कर्मचारी छन् । )
@गोरखापत्र ज्ञानसागर २०७३ चैत्र २
बस्तुगत प्रश्नोत्तर मिति २०७३ चैत्र २ गते बुधबार
- प्रकाशित मिति: बिहिबार, चैत्र ३ २०७३
- तामाकोसी खबर