तेक्वान्दो संघ रामेछापको अध्यक्षमा देवेन्द्र श्रेष्ठ चयन

  • प्रकाशित मिति: शनिबार, असोज ४ २०८२
  • तामाकोशी

रामेछाप । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापको नयाँ नेतृत्वमा देवेन्द्र श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । शनिवार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेको प्रमुख आतिथ्यता र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समिति सदस्य दिनेशकुमार पाडाको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनले घना श्रेष्ठलाई उपाध्यक्ष र निङुवर पाख्रिनलाई कोषाध्यक्षमा चयन गरेको छ ।



त्यस्तै, कार्यसमिति सदस्यमा अपना कुमारी श्रेष्ठ, रुकुम हायु, नीराजन थापा मगर, विजय बराल र अनिता कार्कीलाई चयन गरिएको छ । नयाँ कार्यसमितिको शनिवार नै बसेको पहिलो बैठकले सचिव तोक्ने, केन्द्रीय प्रतिनिधि पठाउनेलगायत निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।