मन्थलीमा अखिल कप फुटबल प्रतियोगिता सुरु

  • प्रकाशित मिति: शुक्रबार, बैशाख १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीको आयोजनामा अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सुरु भएको हो । मन्थली माविको खेल मैदानमा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्ने अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष मुकेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार नौ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार र ५ हजार नगद तथा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।