एजेन्सी । कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेको खेलमा अर्जेन्टिनाले कुराकाओमाथि सानदार जित निकालेको छ ।
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को फराकिलो जित निकालेको हो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गरे । निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे । पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । मेस्सीले १७ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । २० औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ३३ र ३७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो ३७ औं ह्याट्रिक हो ।
कुराकाओमाथिको ह्याट्रिकसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । २३औं मिनेटमा निकोलस गोन्जालेज, ३५ औं मिनेटमा एन्जोले, ७८ औं मिनेटमा एन्जल डि मारिया र ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गरेका थिए ।