काभ्रेकोमा जीप र भारतीय बस ठोक्किँदा ५ जनाको मृत्यु

  • प्रकाशित मिति: बुधबार, बैशाख २१ २०७९
  • तामाकोशी

काभ्रे । काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठोक्किँदा १८ जना घाइते भएका छन् । काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको हो । ज्यान गुमाउनमध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँको भनाइ छ । घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको डीएसपी खतिवडाले बताउनुभयो ।