टुंगियो रोनाल्डोको यात्राः पोर्चुगलविरु’द्ध बेल्जियम शानदार जित (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, असार १४ २०७८
  • तामाकोशी

एजेन्सी । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ ।

सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए ।



उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन । बेल्जियमको जितसँगै पोर्चुगलको युरो २०२० को यात्रा सकिएको छ ।