चेल्सीलाई रामधुलाई गर्दै लेस्टर सिटीले जित्यो एफए कपको उपाधि (भिडियोसहित)

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २ २०७८
  • तामाकोशी

एजेन्सी । इङ्ग्लिस जायन्ट चेल्सीलाई पन्छाउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । लेस्टरले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको हो ।

गएराति भएको फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेस्टर पहिलो पटक एफए कपको उपाधि जित्न सफल भएको हो ।



यसअघि चार पटकसम्म फाइनलमा पुगेर पनि उपाधि विहीन बनेको लेस्टर क्लब स्थापनाको १३७ वर्षपछि ऐतिहासिक रुपमा पहिलो पटक एफए कपको विजेता बन्न फल भएको हो ।

वेम्बली स्टेडियममा लेस्टरलाई ऐतिहासिक जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । उनले खेलको ६३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो पटक च्याम्पियन बनाए ।

यता, खेलको ८९औँ मिनेटमा आठ पटकको पूर्वविजेता चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भिएआर प्रविधिमा अफसाइड देखिँदा उनको गोलले मान्यता पाएन ।