रामेछाप । असार ४ गते,सनिला वि.क
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा कारोना भारइरस बाट बच्न आवश्यक सुरक्षा सतर्कता संगसंगै विकास निर्माणका काम अगाडि बडिरहेको छ । कोरोना भाइरसका कारण सबैतिर धेरै क्षत्रमा असर पुग्यो । कोरोना भाइरस संग जुध्दै मानिसको जीवन र विकास निर्माणका काम पनि चलाउनु पर्छे भन्ने हेतुले पर्ख र हेर भन्ने अवस्थामै आवश्यक सुरक्षा सतर्कता अपनाएर विभिन्न विकासका कामहरु अगाडि बढाइएको भिरपानीका वडाध्यक्ष पुष्कर कार्कीले बताए ।
अहिले भिरपानी सित्खाका दुईवटा सडक गाउँपालिकाकै उत्कृष्ट बनाउँने तयारी अनुसार कालोपत्रे राख्ने काम अन्तिम चरणमा पुगेको , भिरपानी गोगनपानी र अर्को सित्खा चुल्ठेपानी जाने बाटो कालो पत्रे गर्ने काम पुरा भइसकेको वडाध्यक्ष कार्की बताउँछन् । कालापत्रे सम्पन्न भएको बाटो तराइलाईको चामल गाउँ र गाँउको आलु लगेर सहरमा पुर्याउने बाटो हो ।
वडाध्यक्ष कार्कीले २ करोड २५ लाख रुपैयाँ गाउपालिकाको बजेटबाट पनि धेरै योजनाहरु सम्पन भएको र बिगतका बर्षदेखिका विकासका कामलाई पनि लकडाउनको समयमा बाहिरका कामदार नबोलाई स्थानीयलाईनै रोजगारी प्रदान गरी सम्पन्न गरिएको बताए । विकासको कामले पाएको तीव्रताले अहिले भिरपानिको मुहारनै फेरिएको उनको भनाई छ । वडाध्यक्ष कार्की भन्छन् ‘हिजो ४५ घरधुरीमा बिजुली बत्ति पुगेको थियो , आज हजारौँ घर परीवार बिजली बत्तिको पहँुचमा छन् , हिजो खानेपानीको लिफ्ट सुरुवात मात्रै भएको थियो , आज ७० प्रतिशत कामनै सम्पन्न भइसकेको छ ’
उनले जिल्ला खानेपानी समिति संग समन्वय गरेर पहिला गरिएको काम सन्तोष जनक नभएकाले अहिले फेरि नयाँ खानेपानको ट्ंयकि बनाएर व्यवस्थापन सुरु गरिएको बताए ।उनले वडाको डफ्खालाई नमूना बस्ती बनाउँने काम सुरु भएको बताए । वडाध्यक्ष कार्कीले बाख्रा पालन , तरकारी फमहरुको व्यवस्थापन गरी तरकारी उत्पानमा गाउँपाकिलाको अरु वडा भन्दा ३ नं वडा भिरपानी अगाडि रहेको बताए । भिरपानिका नागरिकहरुलाई शहरको जस्तै शिक्षा हाशिल गर्न सक्ने खालको बनाउन शिक्षा तर्फ पहल महत्वपुर्ण योजना बनाएर कार्यान्वयनको भरणमा रहेको उनको भनाई छ । सिमान्तकृत माझि समुदायको जीवन स्तर उकास्नका लागि उनीहरुको आवश्यकताको पहिचान गरी विभिन्न कार्यक्रमहरु संचालन गरिएको उनको भनाई छ । उनी भन्छन् सुमान्तकृत माझि बस्ति छ ,जुन बस्ति अलि दुर्गम छ ,त्यस बस्तिलाई मध्यनजरगरी माछा पालनको कार्य सुरुवात गरिएको छ र त्यहाका कृषहरुले माछाबाट राम्रो आम्दामी गरिरहेका छन् ।वडाभिका प्रत्येक ठाउँहरुमा के कस्तोे खेति गर्दा उत्पादन बढी हुन्छ त्यसको कृषि प्राविधिकहरुबाट पहिचान गरी सोहि अनुसारका विउँ तथा विरुवाहरु वितरण गरिएको उनको भनाई छ । हिजोका दिनमा विकासको कुरा गर्दा खासै नदेखिने भिरपानीमा अहिले शिक्षा, स्वस्थ्य, खानेपानी ,सडक जुनसुकै क्षेत्रको विकासमा पनि फस्टाउदै गएको वडाध्यक्ष कार्कीको भनाई छ । उनले जनताको आवश्यकता र चाहाना अनुसारको काम गरी भिरपानीलाई विकासको हिसावले उत्कृष्ट वडा बनाउँने आफ्नो योजना रहेको बताए ।
पर्ख र हेरको अवस्थामा पनि विकासको गतिलाई रोकेनौं : वडाध्यक्ष कार्की
- प्रकाशित मिति: बिहिबार, असार ४ २०७७
- तामाकोशी