किसानलाइ महल र गाडी हैन सरकार उखुको मूल्य दिइयोस – अमित भट्ट

  • प्रकाशित मिति: बुधबार, पुष १६ २०७६
  • तामाकोशी

अमित भट्ट लेख्छन – जस्ले राज्यलाइ पालेको छ , उहीँ नै आज भोकै आफ्नो अधिकार लिन हिडिराख्नु परेको छ । एउटा किसान विहान , दिनभर र साझ आफ्नै बारिमा तल्लिन भएर खेती किसानी गर्छ अनि आफुले गरेको खेतिको उचित मूल्य पाउदैन अनि निराश हुन्छ । किसान नभए हामी रहन्छौ ? भन्ने प्रश्नको जवाफ आफू भित्रै खोज्नुस किनभने किसानहरुले एकदिन काम गर्न छाडिदिए , एक – दुई दिन उत्पादनमा रोक लगाइदिए भने हरेक नागरिकको घरको चुलो बल्न बन्द हुन्छ ।

किसानले बिहान , बेलुका नभनी एकछाक मात्र खाएर अन्नवाली लगाउछन ,, लगाएपछी भित्रीन्छ पनि तर बिडम्बना भित्रीए पछि भित्रीएको रकमले आफ्नो परिवारको पेट पाल्न पनि सक्दैनन । जुन किसानले अरुको पेट पाल्दै आइरहेको छ , त्यही किसानले आज आफ्नो पेट पाल्न नसक्दा न्यायलाइ गुहारेको छ । न्याय खोज्न ग्रामिण भेगबाट किसान राजधानी निस्केकाछन । आफ्नो ठाउमा आफुले गरेको खेतिको उचित मूल्य नपाएपछी जो कोहि पनि निराश भएर आशा बल्दो ठाउमा न्याय खोज्दै हिडछन ।



३ वर्ष देखि उखुको पैसा नपाउदा किसान चिन्तित भएर राजधानी सम्म आउनुपर्ने यो कस्तो विडम्बना हो सरकार ? यदि किसानलाइ किसानको कामको , किसानले गरेको उखुको भुक्तानी दिन सक्दैन भने चुनाबमा किन किसानको घर घरमा गएर लम्पसार पर्ने ? यदि किसानको आसुले राज्यलाइ पोल्यो भने हरेक किसानले आफ्नो उत्पादन बेच्ने बेलामा पटक पटक सोच्न पर्ने हुन्छ । किसानलाइ मार्न पाइदैन , एक किसान घरमा छोराछोरीलाई म पैसा लिएर चाडै आउछु र घरमा खाना पकाउछु भन्ने सोचले आएका छन , के यो सोच पूरा गर्दिन किन राज्यले पहल गर्दैन । हाम्रो राज्यमा न्याय अस्ताउदै गएको समयमा सर्लाहीको सरकारको , सर्लाहीको निकायको बिस्वास नलागेर सर्लाहीका किसान किन राजधानी आए  ? आफ्नो अधिकार ,आफ्नो उखुको भुक्तानी लिन हैन ? एउटा राज्यले आफ्नो देशको किसान समेतलाइ खुसी राख्न सक्दैन भने किन ठुला ठुला गफ र आश्वासन दिनु ? किसानले महल , गाडी , विलासी जीवन पनि मागेका होइनन , आफुले गरेको खेतिको भुक्तानी मागेका हुन । किसानले जबसम्म आफ्नो उत्पादनको भुक्तानी पाउदैनन ,  तबसम्म सबै किसानहरुको दिलमा र घरमा कहिले शान्ती हुदैन ।। जय किसान !!